विमाेचनमा सहभागिहरू
बाइबल विमोचन
बाइबल विमोचन

सबैभन्दा पहिले स्वर्गीय इमानसिं चेम्जाेङले लुकाले लेखेका सुसमाचारीय पुस्तक अनुवाद गरेका थिए, तर त्याे अनुवाद भएकाे पुस्तककाे प्रकाशन नभएकाे हुँदा कुनै महत्व हुन सकेन। वि. संं. १९९१ तिर झापा क्षेत्रका केहि विश्वासी लिम्बुहरूले धर्मशास्त्रका केहि खण्डहरू अनुवाद गरि बाँड्दै गरेतापनि संस्थागत रूप भने भएकाे थिएन। लिम्बु विश्वासीहरूले परमेश्वरकाे वचन बाइबल अनुवाद गरि लिम्बुहरू माझ पुर्याउन पर्छ भनि प्रार्थना गर्न थाले। त्यसपछि वि.सं. १९९३ मा इसाइ लिम्बु साहित्य संघकाे स्थापना भयाे।

हाल सम्म भएका क्रियाकलापहरू

  • २००९ मा नयाँ करार बाइबल बिमाेचन
  • विश्वास सुनाइबाट अाउँछ सुन्ने बाइबल 
  • भजन सेवा साम्लाेहरू– सनारूङ्, याम्नाम, लुङ्घुम, सेसे साम्लो प्रकाशन
  • येशूकाे जिवनी भिडियो
  • ट्रयाक्स्, कमिक्स्, पत्रिका
  • रेडियो कार्यक्रम
  • साक्षरता कक्षा
  • सेसे चुम्लुङ्
  • जस्ता एतिहासिक कार्यहरू भएका छन्।
  • ᤕᤠᤰᤌᤢᤱ ᤛᤣᤛᤣ ᤏᤡᤱᤘᤠ᤹ᤑᤢ ᤐᤠ᤺ᤴᤈᤠᤰ ᤕᤠᤶᤏᤠᤠᤖᤠ ᤐᤣᤜᤴ ᥈᥆᥈᥉